मधुवनलाई कागती खेतीको नमूना क्षेत्रको रुपमा बिस्तार गरिदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दुर्गा आचार्य,बर्दिया, बर्दियाको मधुवनलाई कागतीमा खेतीको नमूना क्षेत्रको रुपमा बिस्तार गर्न बर्दियामा एकयुवा उद्धमी लागि परेका छन् । लामो समयको अध्यन र कृषि बिज्ञ संगको परामर्श संगै भेरि ईनर्जी कंम्पनी प्रालीका निर्दैशक सुरेश पन्त अहिले कागती खेती बिस्तार गर्न लागि परेका छन्।

प्रारम्भीक चरणमा धनकुटाको कृषि अनुसन्धानबाट केन्द्र बाट टिस्यू कल्चर गरिएको सुन कागतीको २० हजारबिरुवा मधुवन नगरपालिका वाडानम्बर—८मा ५ बिगाहामा उनले रोप्न शुरुगरेका छन्। मधुवन नगरपालिका ढोढरी निवासि पन्तले कृषिमा नयाँ क्रान्ती ल्याउने उद्धेश्यले कागती खेती गर्नलागेका हुन्। यसै सुरुवात संगै उनले थप १५ बिगाहा क्षेत्रफल जमीनमा अन्य फलफूल खेती गर्नै लक्ष्य लिएका छन्। बिरुवा रोपेको २ बर्षमानै फल्न सुरुहुने सुनकागती खेतीबाट किसानले मनग्य आम्दानी गर्न सक्ने भएको हुदापनि नमुनाको रुपमा कागती खेतीको सुरुवात गरिएको हो।

कोरोनाकोको कारण सृजित बेरोजगारी समस्यालाई समाधान गर्नका लागि र राज्यको मागअनुसार कृषिमा अझैपनि आत्म निर्भर हुननसकेको अवस्थालाई मध्यनजर राख्दै ठूलो क्षेत्रमा कागती खेती बिस्तार गर्न लागिएको व्यवसायी पन्तको भनाई छ ।

परम्परागत रुपमा नभई बहुउद्धेश्य रुपमा समाबेशी कृषि र्फम दर्ता गरेर संचालन गर्नलागिएको कागती खेतीमा जमीन सदुपयोगका लागि २ बर्षका लागि रेडलेडी ७८६ जातको मेवा र माटोमा फल्ने ताईवानी तरबुझा लगाईने वताईएको छ । जस्का कारण कागती उत्पादन नहुदा सम्म मजदुर खर्चबाफतको रकम छोटो समयमा उत्पादन दिने फलफूलबाट व्यवस्थापन हुने लक्ष्यका साथ खेती गर्न लागिएको छ ।

बिरुवा उत्पादन र बिक्रीकालागि व्यवस्थित टनेल समेत फर्ममा निर्माण गरिएको छ । रासायनीक मलको प्रयोग नगरि प्राङ्खारिक मलको प्रयोगबाट गरिने भएकाले पनि मधुवनमा संचालन गर्न लागिएको यो फर्म बर्दियाको नमूनाको रुपमा लिईएको छ । जमीन बाहेक हाललाई पहिलो चरणमा १ करोड लगानी गर्न लागिएको वताईएको छ । कृषि बिज्ञको रुपमा यहाँको माटो,हावापानीको अध्यन कृषि बिशेसज्ञ डा राजेन्द्र देवकाटाले गरेका छन्।नेपालका जमीनमा भु—स्वामित्तव भएता पनि वीधि र प्रविधीको अभावमा अहिले पनि नेपालमा ९० प्रतिशत किसान कृषिकर्ममा असफल भएको कृषि बिज्ञ डा. देवकोटाको भनाई छ । अहिले प्रवृद्धिलाई मध्यनजर राख्दै गर्न लागिएको हुदा यस्को प्रतिफल राम्रो हुने उनको दावि छ।

पछिल्लो ३ महिनाको भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा भारतको नागपुरबाट मात्रै ३ अरबको कागती आयात भएको अवस्थामा प्रवद्धि मैत्री खेतीले पक्कैपनि आयातमा कमी ल्याने देखिन्छ। जैवीक बारको रुपमा काँडेबासको प्रयोग गरिने गरि गर्न लागिएको छ । यसरी ठूलो क्षेत्रमा र ठूलो लगानीमा गर्न लागिएको कृषि कार्यले स्थानीय स्तरमानै रोजगार सृजना गरेको हुनाले स्थानी मजदुरहरुले आफ्नै घरआगनमा रोजगार पाएका छन् । कोरोनाका कारण बाहिरी जिल्लाबाट रोजगारी गुमाएर जिल्लामा आएका अधिकांस मजदुरहरु रोजगारबाट बन्चित हुनु परेको छैन् । हाल यसै फर्ममा स्थानीय ५० जनाजतिले रोजगार पाएको वताउछन कार्यरत एक मजदुर ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *