मकवानपुरको भैंसेमा ट्रक दुर्घटना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन राजपथ अन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–एक स्थित भैंसेमा आज विहान ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सवारी चालक कलैया उपमहानगर–२ का ४० वर्षीय मिश्रीलाल राउत, सहचालक २३ वर्षीय कन्हैयालाल पटेल र गाडीमा सवार ३० वर्षीय अनिलकुमार कुसवाहा घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । औषधिलगायतका सामाग्री बोकेको ट्रक स्टेरिङ बिग्रेर दुर्घटना भएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *