मकवानपुरको जुरीखेतमा सुमो खस्यो,२ जनाको ज्यान गयो

हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको भीमफेदी वडा नम्बर– ६ जुरीखेतमा यात्रुबाहक सुमो जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना भएको हो । सुमो भीरबाट करीब १ सय मिटर तल खोल्सामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सो दुर्घटनामा गम्भीर घाईते भएकामध्ये उद्धार गरी ४ जनालाई हेटौंडा र १ जना बालकको भीमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
(Visited 1 times, 1 visits today)