मंगल चौथी खेल्न हिँडेकाहरुले छोडे शंकास्पद वस्तु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

‘मंगलचौथी खेल्न’ शनिबार राति निस्केको एक समूहले झापाको शिवसताक्षी नगरपालिकाको एक घरमा शंकास्पद वस्तु छोडेर हिडेकाछन्।शिवसताक्षी १० का मोती भट्टराईको घरमा शंकास्पद वस्तु भेटिएको हो। शनिबार बिहान तार र ब्याट्रीजडित उक्त शंकास्पद वस्तु देखेपछि भट्टराई परिवारले प्रहरीलाई खबर गरेको थियो।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीस्थित नेपाली सेनाको टोली उत्त घरमा पुगेको छ।तीजको भोलिपल्ट चौथी खेल्ने चलन छ। भट्टराई परिवार एक सामान्य हो। कसले यस्तो शंकास्पद वस्तु राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *