मंगलबार २ हजार २८७ जना कोरोना मुक्त, ९०२ जनामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितहरुमा काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ । यस्तै नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३०६ पुगेको छ ।

डा गौतमका अनुसार मंगलबार २ हजार २८७ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनान निको हुनको संख्या ३२ हजार ९६४ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।हाल देशभर १४ हजार ८६८ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा जना रहेका छन् भने क्वारेन्टीनमा ५,३१० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९०२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको १० हजार ६११ पीसीआर परीक्षणमा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगको छ। अहिले देशभर १४ हजार ८६८ सक्रिय संक्रमित छन्। जसमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेसन र ६ हजार ८१३ जना होम आइसोलेसनमा छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *