मंगलबार थप १४५९ जनामा कोरोना, उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४४६ महिला र १०१३ पुरुष गरि थप १४५९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै मंगलबार उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष गरि ५५५ जना , भक्तपुरमा ३७ महिला र ४९ पुरुष गरि ८६ जना र ललितपुरमा १६ महिला र १९ पुरुष गरि ३५ जना संक्रमित फेला परेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५६७८८ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या १५७७९ रहेको छ । त्यस्तै मंगलबार १०६२ जना डिष्चार्ज भएका छन् भने हालसम्म निको भएर ४०,६३८ डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ७२५० जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ७६४० जना र संस्थागत आइशोलेशनमा ८१३९ जना रहेका छन् । हालसम्म ८ लाख ६१ हजार ७८० पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *