भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सञ्चार मन्त्रालय अन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस, भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी बिस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अर्बौँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्तिले भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्यबाट च्यूत भएकाले सो भ्रष्टाचारमा मतियार रहेको स्वतः पुष्टी हुने उजुरीमा उल्लेख छ ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।।।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *