भ्रष्टा,चारले सिमानाग्दै ,वडाअध्यक्षले नै बनाए विद्युत् आयोजनाको नक्कली बिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जाजरकोट विद्युत आयोजना निर्माण गरेको नक्कली कागज गरी रकम हिनामिना गर्ने भेरी नगरपालिका ल२ का वडा अध्यक्ष कालीबहादुर वलीले रकम फिर्ता गर्ने लिखित् कागज गरेका छन्। जिल्ला प्रशासन कार्यालय जाजरकोटमा तिमिलेका ७७ घरधुरीको प्रतिघुरीलाई सात हजारका दरले जम्मा ५ लाख ३९ हजार रुपैयाँ फिर्ता गर्ने कागज गरेका हुन्। आर्थिक वर्ष २०७२ – ७३ मा नेपाल जलवायु सहयोग कार्यक्रमको सहयोगमा सञ्चालित थर्पु पिको जलविद्युत योजना निर्माणका लागि अध्यक्ष ओलीले रकम लिएका थिए। स्थानीयबाट रकमसमेत उठाएका वलीले कार्यक्रमबाट समेत रकम झिकेर विद्युत् योजना निर्माण गरेको वोर्ड र कागजसमेत बनाएका थिए।

विद्युत आयोजना निर्माण नै नगरी रकम हिनामिना गरेको आरोपमा प्रशासनमा उजुरी परेपछि उक्त रकम फिर्ता गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। २०७६ असार २९ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीय युवाले उजुरी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *