भ्र’ष्टतन्त्रको नेतृत्व गरेको छ,ओली सरकारले–उपेन्द्र यादव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सर्लाही १७ फागुन – काण्डै काण्डले भरेको भ्रष्टतन्त्रको नेतृत्व नेकपाको ओली सरकारले गरेको आरोप समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाउनु भएको छ । ओली सरकार नेपालको ईतिहासमा सबै भन्दा भ्रष्टसरकार रहेको वहाले दावी गर्नु भयो ।

यस्तो भ्रष्ट सरकारले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्ने यादवले जोडदार माग गर्नुभयो । वहाले थप्दै भने राज्यमा अहिले पनि आमजनता उत्पिडन तथा शोषणको शिकार भएको छ । केहि खास समुदायको व्यत्तिहरुले राज्यबाट पाउने सबै सेवा सुविधाहरु आफनो अधिनमा राखेको छ । उपेक्षित वर्ग समुदायलाई यो सरकारले अधिकार दिन चाहेको छैन । त्यसैले आज आम जनता विभेदको सिकार भएको वहाले बताउनु भयो । सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित विशाल आमसभा, पार्टी प्रवेश र सि.सु अभियानलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष यादवले यो कुरा बताउनु भएको छ ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य रुहीनाज खातुन, राष्ट्रिय सभा सदस्य रामपृत पासवान, प्रदेश नं।२ का प्रदेशसभा सदस्यद्धय अशोक यादव, संजय यादव लगायतका समाजवादी पार्टीबाट निर्वाचित जन प्रतिनिधीहरुले सभालाई सम्बोधन गर्दै सर्वहारावर्गको समस्या समाधान गर्न ओली सरकार पुर्ण रुपमा असफल रहेको आरोप लगाए । देशका गरिब जनता दिनप्रतिदिन गरिब हुदै गएको छ ।

भने सतारुलदलका भ्रष्टनेताहरु नेपाली जनताको रगत पसिनाको कमाईलाई लुटि खाई रहेको आरोप लगाए । मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संसोधन गर्नु पर्ने कुराको समाजवादी पार्टी सडक र सदनबाट जोडदार आवाज उठाई रहेको भएपनि यस्को ठुलो बाधक केपी ओलीका नेकपाको सरकार रहेको नेताहरुले आफनो सम्बोधनमा भने ।

आम जनताको पिडा संग नेकपाको सरकारको कुनै वास्ता छैन । सरकार पुर्ण रुपमा भ्रष्टाचारमा लिप्त रहेकोले आज जनताको सामाजिक र आर्थिक अवस्थामा कुनै परिवर्तन हुन सकेन यो सरकार पुर्ण रुपमा असफल भईसकेको समाजवादीका नेताहरुले सामुहिक रुपमा भने । सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित विशाल आमसभा, पार्टी प्रवेश र सि.सु अभियान अन्र्तगत भएको कार्यक्रममा अरु पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गर्ने व्यतिmहरुको ठुलो लर्को नै देखा परेको थियो ।

१ हजार भन्दा बढि व्यतिmहरुले अरु पार्टी छाडेर र समाजवादीमा प्रवेश गरेकाहरुलाई राष्ट्रिय अध्यक्ष यादवले आफै फुलमाला र प्रदेशसभा सदस्य अशोक यादवले अबिर लगाई स्वागत गरेका थिए । समाजवादी पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र यादवको सभापतित्व र प्रदेश नं. २ का सदस्य तथा जिल्ला ईन्चार्ज राजेश कुमार सिंहको विशेस संयोजकत्वमा कार्यक्रमको शुभारम्भ भएको थियो जसमा पार्टीका चर्चित नेता कैलास रायको समेत सहभागिता रहेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *