भ्रमण वर्ष २०२०का लागी अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू संचालनमा आउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०का लागी सञ्चालनमा आउने भएको छ। एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ।

चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागिअम्ब्रेला स्ट्रिट निर्माण गरिएको हो।

सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारहरुको पर्यटकले स्वाद लिन पाउनेछन् । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार मुख्य एउटा र सहायक दुई वटा पानीका फोहोरा फाउन्टेन पनी जडान गरिने छ जसले अझ आर्कषण बडाने छ।

यसैगरी छाता र त्यसमाथि रहने फाइबरको छानाका लागि बोलपत्र आह्वान भइसकेको छ। ती कामबाहेक अन्य काम अन्तिम अवस्थामा पुगेको उनले जानकारी दिए । सो ठाउँको राप्तीतर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन्। त्यसको भुँइमा छापीने पोख्रेली ढुङ्गाले अझ आर्कषण बडाउने छ।

सोही ठाउँमा राखिने कुर्चीमा बसेर पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुर्लभ वन्यजन्तु हेर्न सक्नेछन्। यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कङ्क्रिट टायल बिछ्याइएको छ। सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल रहनेछन्।
महतोका अनुसार ९० मिटर लामो भागमा चार स्थानमा टापु बनाइएको छ भने बीचभागबाट १६ वटा फलामका बिजुलीका पोल गाडिएको छ। त्यस माथिको खुला तारको सट्टामा प्लाष्टिक बेरिएको तार राखिएको छ। प्रवेशद्वारमा चौकीदार कक्ष, टिकट कक्ष, शौचालय निर्माण गरिएको छ।

सोही स्थानमा १० वटा फ्रेममा थारुका संस्कृति झल्कने वस्तु राखिएका छन्। काम सम्पन्न गर्न चार करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो कामका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ निकासा गरिसकेको छ। थप रकमको आश्वासनसमेत रहेको भन्दै उनले अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाउने जानकारी दिए ।

सो क्षेत्र गत वर्ष सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक हो।

क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलका अनुसार निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानी क्षेत्रमा ठूला होटलको सङ्ख्या बढ्दै गएको छ। जिल्लाको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई चिनिँदै आएको छ। हाल यस क्षेत्रमा ५० वटाभन्दा बढी साना ठूला होटल, रिसोर्ट सञ्चालनमा रहेका छन ।

विशेष गरी यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुका साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने छन । यसै क्षेत्रमा थारु समुदायको बस्ती रहेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *