भ्रमण वर्षमा कोरोनाको प्रभाव परेको छैन : सुरज वैद्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ ।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताउनुभएको हो । उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो । उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको बताउनुभयो ।

सगरमाथा, पोखरा, चितवन, काठमाडौंमा मात्र केन्द्रीत भएको पर्यटनलाई सूदुरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनैपनि अवरोध नगरेको उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसकेपनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आगामि वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवद्र्धन गर्ने काम भइरहेको जानकारी समेत दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *