भ्यालेन्टाईन डेकै दिन घाँटीको श्वास नलि काटिएको अबस्थामा युवतीको शव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सल्यानमा घाँटीको श्वास नलि काटिएको अबस्थामा एक युवतीको शव फेला परेको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर १ तल्लो काभ्रा निवासी अन्दाजी १६÷१७ बर्षिया कविता बोहराको घाँटीको श्वास नलि काटिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

आज बिहान १-२ बजेको घटना भएको हुनसक्ने र बिहान ३ बजे मात्रै प्रहरीलाई खबर आएको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । “घर देखी करिब १५-२० मिटर टाढा गाईबस्तु बाँध्ने खुल्ला भकारोमा मृत अबस्थामा शव फेला परेको र , घटना स्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली खटिएको छ” प्रहरी नायव उपरिक्षक खतिवडाले बताए “हत्याको आशंका गरिएको छ, अनुसन्धानको लागी नेपालगञ्जबाट कुकुर सहितको टोली आउदैँ छ ।”उनले बताए ।

घटनाको बिषयमा आबश्यक अनुसन्धान भैहरेको प्रहरीको भनाई छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *