भोटेकोशीको बहाव तीब्रभएसंगै स्थानीयमा त्रास,बाढि बस्तीमा पस्ने खतरा बड्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अविरल वर्षाका कारण भोटेकोशीको बहाव तीब्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढी पस्ने खतरा बढेको छ । स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आव्हान गरेको छ ।

बाह्रविसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । बाह्रबिसेको खोर्सानीबारीस्थित प्रहरी चौकी भन्दा करिव ३ सय मिटर तातोपानीतर्फको सडक कटान गर्दै भोटेकोशीको बाढी बढी रहेकाले थप खतरा रहेको स्थानीयको भनाइ छ ।

लामोसाँघु बजारको पश्चिम भेगका वासिन्दाले घर छाडेका छन् । सुनकोशीले तल्लोभागबाट कटान गर्न थालेपछि उनीहरुले घरको सामान सारेका छन् । लामोसाँघुको सेतीदेवी शारदा उच्चा मावि र सुनकोसी क्याम्पसको हातामा सुनकोशी पस्ने खतरा बढेको छ ।

बसन्तचौरमा नदी पस्न खोजेपछि त्यहाँको विद्यालय र क्याम्पसको संरचनामा क्षति पुग्ने अवस्था रहेको स्थानीयले जानकारी दिए । बलेफि स्थित कफेश्व महादेवलाई ब्रम्हायणी जलविरे र सुनकोशी नदीको बाढीले छोपेको छ । जलविरे भेगमा पनि नदीको बहाव बढ्दै गएकाले किनारका वासिन्दा त्रसित भएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *