भोजपुरको षडानन्द नगरपालिका परिसरमा दुई वटा बम फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसर भित्र दुई वटा बम फेला परेको छ। नगरपालिकाको परिसर भित्र एउटा कुकर बम र एउटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डप कुमार राजवंशीले जानकारी दिए।
अज्ञात समूहले गएराती नगरपालिकाको गाडी पार्किङ स्थलमामा दुई वटा बम राखेको निरिक्षक राजवंशीले बताए। अज्ञात समूहले कार्यालय परिसर भित्र उपमेयर मेरिका राईले चढ्ने बा १ झ ५८१३ नम्बरको गाडिको पछाडीको भाग जलेर सामान्य क्षति भएको उनले बताए। उपमेयर राईले चढ्ने बा १ झ ५८१३ नम्बरको पछाडी कुकर बम राखिएको छ। भने नगरपालिकाको पार्किङ नजिकै राखिएको जेसीबी र ट्याक्टरको मुनी समेत एउटा सकेट बम फेला परेको छ। घटना स्थलमा दलाल पुजीवादी सत्ताको विकल्प बैज्ञानिक समाजवाद लेखिएको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *