भैँसी बाँध्न पनी नसुहाउने छाप्रोमा १६५ बाललबालिको पठनपाठन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाराको कलैया उपमहानगरपालिका रहेको एक निजि बिधालय करिब ७ वर्ष देखि छाप्रोमा संचालन भईरहेको छ । बिधालय संचालन गर्न चाहिने न्युनतम मापदण्ड समेत पुरा नगरी जीर्ण भबनमा बिधापिट ईंग्लिश बोर्डिङ स्कुल २०७१ सालबाट संचालन हुदौँ आएको पाईएको हो ।

स्कूलमा कक्षा प्लय ग्रोउन्ड देखि ४ सम्म १६५ जना विद्यार्थी पढ्छन् । २०७१ सालदेखि सञ्चालित यस स्कूलको भबनमा भैँसी बाँध्न समेत सुहाउदैन तर यस छाप्रोमा बिघार्थी पढन बाध्य छन ।

कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता रहेको र आन्तरिक राजस्व विभाग बाराबाट स्थायी लेखा नम्बर लिएको यस बिधालय लाई बिधालय संचालन गर्न शिक्षा विकास तथा समन्वय इकाई बाराले भने अनुमति दिएको छैन ।

जीण भबन र बिधालयले न्युनतम मापदण्ड पुरा नगरेकै कारण करिब १६५ कलिला बाललबालिको पठनपाठन कष्टपूर्ण बनेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा स्थीत उतर झिटकैयाका १६५ बालबालिका अध्यायन गर्ने विद्यालय खोतको बिचमा रहेको छ भने विद्यालयको कुनै बोर्ड समेत छैन ।

विद्यालयमा खानेपानी र शैचालयको समेत उचित व्यवस्थापन गरेको पाईदैन । जुन विद्यालयमा खरले छाउको छाप्रो भित्र गरिब निमुखा सुकुम्बारीका अबोध बालबालिका कखरा चिन्दै आएका छन् । उक्त विद्यालयमा पढ्ने, पढाउने र भवनकै कन्त विजोग छ । त्यती मात्रै कहाँ हो र, एउटै कोठा कक्षामा करिब ४० बालबालिका एकै ठाउँमा बसेर पढ्छन्, एउटा कक्षमा पढाउदा अर्को कक्षमा समेत असर पनेगरेको विद्यार्थीको भनाई रहेको छ ।

यता एउटै कोठा कक्षामा करिब ४० बालबालिलाई विद्यार्थी पठाउदा भबनको यस्तो अवस्थामा विद्यार्थीले के पढ्नु के र हामिले के पढाउनु दिनकाट्ने बाटो मात्रै भएको विद्यालका शिक्षक रन्जित कुमार कानु बताउछन ।

कार्यालयले विद्यालय कहाँ खोल्ने कसरी संचालन गर्ने भन्ने सामान्य अध्यायन समेत नगरी बिधालय संचालमा गरियो जस्का कारण यहाँका बालबालिकाको शिक्षा छाप्रोमा रुमलिई रहेको छ । अन्त पढ्न पठाउन टाढा जानु पर्छ । जंगलको बाटो खोला हुँदै जानु पर्ने, जंगली जनवारको समेत डर हुन्छ । यसका साथै बर्षायाममा खोलाको जोखिम समेत हुने गरेका कारण यहाँका अभिभावकहरुे गाउँमै संचालनमा रहेको यस विद्यालयमा बालबालिकालाई भर्ना गरिदिए ।

विद्यालय भन्नका लागिको गतीलो भवन को कुरा छाडौं । खरले केहीबर्ष अगाडी छाएको छाप्रोको छानो छ । त्यही छानोमा पनि प्वालैप्वाल छन् । जसबाट बर्षामा पानीले र गर्मीमा घामले दुःख दिने गरेको छ । यस्तो कन्त विजोकी छाप्रो नै विद्यायल भन्दा उदेक लाग्छ ।

यता २०७१ सालमा संचालनमा रहेको यस बिधालय का प्रधानअध्यापक सुरेश कुमार यादबले बिधालय सुधार नहुनुको कारण बिधालय संचालन समिती रहेको दाबि गरे । उनले बिधालय शिक्षा ईकाई बारामा दर्ताको निम्ती प्रकृया अगाडि बढाएको बताए । उनले विद्यालयको अवस्था सुधारका निमित्त समितीलाई पटक पटक आग्रह गरेको भएतापनि केही रुपैयाका निम्ती समितीले अटेर गरेको बताए ।

जिल्लाका समन्धित निकाय तथा स्थानिए तहको लापर्बाहीका कारण जिल्ला भित्र यसरी संचालनमा रहेको बिधालय कति छन भन्ने तथ्यांक काहि कतै छैन । केहि फाईदाका निम्ती संचालनमा रहेको यस्ता बिधालयलाई कारबाही नगर्ने हो भने यहाँ अध्ययन गरिरहेका बिघार्थीको भबिस्य समेत अन्योलमा रहने प्रस्ट छ ।

(Visited 49 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *