भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टुर’ शुरु, जाने होईन त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

नेपालकै प्रख्यात पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तडमा पर्यटन प्रबद्र्धनका लागि भिजिट खप्तड हेली टूर अभियान शुरु भएको छ । खप्तडलाई भूस्वर्गका रुपमा लिइन्छ ।भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टुर’ शुरु भएको छ ।

खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा ‘हेली टुर’ शुरु भएको हो । हेलिकोप्टरको उडानले खप्तडको प्रचार प्रसार र पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

खप्तड राष्टीय निबुञ्जमा धार्मीक सास्कृतिक रुपले भरीपुर्ण ठाउ भएकाले सबैले एक पटक घुमनै पर्ने स्थानीय बताउछन ।

मानिसको आय स्तरमा उन्नति गर्नका लागि पर्यटन ब्यवसायको महत्वपूर्ण भुमिका रहेकोले अब खप्तड क्षेत्रको समग्र बिकासका लागी समन्वयातम्क रुपमा लाग्न पर्ने बताउछन् खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्याबस्थापन समितिमा नब नियुक्त हर्क सिंह ।

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताएको छ । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । खप्तडको बिकास र प्रचार प्रशारको लागी उक्त आयोजना गरेको खप्तड होमस्टेका प्रबन्ध निर्देशक दीपक खड्काले जानकारी दिए ।

सुदूर पश्चिमका चार वटा जिल्ला डोटी, अछाम, बझाड र बाजुरालाई जोड्ने खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । खप्तडको समग्र बिकासकालागि सडक सञ्जाल जोड्नु आवश्यक रहेकाले चारै जिल्ला बाट खप्तड संग जोडिने सडकको काम भैरहेको पनी मुख्य मन्त्री त्रिलोचन भटटले बताए।

बुधबार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै ३५ जना खप्तडमा पुगेका हुन । खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पाँच दिनसम्म संचालन हुने जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *