भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीलाई गृहमन्त्री थापाको आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृहमन्त्री राममबहादुर थापाले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार ६५ औं प्रहरी दिवशको अवसरमा प्रहरी हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिएकाहुन । त्यस्तै उनले त्यस्ता समुहको सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा सम्झौता नगर्न पनि प्रहरीलाई निर्देशन दिएकाछन् ।

उनले अपराध र अपराधीको विषयमा आफूभन्दा प्रहरी नै धेरै जानकार र व्यवसायिक रहेको भन्दै अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्न आग्रह गरे । उनले नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो समेत गरेकाछन्ं । गृहमन्त्री थापाले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

त्यस्तै दोष जति अरुलाई थुपार्ने र सदैव नकारात्मक, आलोचनात्मक सोचबाट मात्र निर्देशित सामाजिक परिवेशमा नेपाल प्रहरीका सकल दर्जाले निर्भिकता र दृढताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कार्य प्रशंसनीय रहेको भन्दै गृहमन्त्री थापाले नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न कन्जुस्याई गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले प्रहरीको रासन लगायका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने र प्रहरीको मनोबल उच्च पार्ने आश्वसन पनी दिएकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *