भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ । पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको प्रबलीकरण सुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभिबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको पन्ध्र महिनादेखि प्रबलीकरण जारी छ ।

निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *