भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

तीन सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७२ को बिनासकारी भूकम्पका कारण रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति भएको थियो । त्यसपछि बिभिन्न अवरोध पार गर्दै रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माणले पूर्णता पाएको थियो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनः निर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । रानीपोखरीको आज बिशेष कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *