भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा ‘नेरु १ अर्ब ५४ करोण सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि काठमाण्डौस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेकिछिन् ।

यही असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका कार्यहरुलाई प्रभावकारी कार्य सम्पादन गर्न गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड भारु ९६ करोड बराबरको चेक हस्तान्तरण गरेकिहुन ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत, १२ बैशाख २०७२ को महाभूकम्प प्रभावित घरधूरीको आवास निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको पनी जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *