भुटानसँग नेपालको ३ -०ले पराजीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । नेपालले खेलको ३७ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।

दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनायो । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । त्यसपछि खेलको ९० औं मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

हारसँगै समूह ’ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *