भुजुंगे गाउँ पहिरोको जोखिममा, ८ घरपरिवार विद्यालयमा सारियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

तीन दिन देखि परेको अविरल बर्षाले सन्धिखर्क नगरपालिका वडा नम्वर ७ खाँचीकोटको भुजुंगेको सिंगो गाउँनै पहरोको जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिएपछि पहिरोको जोखिम बढेपछि आज बिहिबार ८ घरपरिवारका ३६ जनालाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयमा बसोबासको ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।

पहिरोको जोखिम बढेपछि भुजुंगेका पुर्ण बहादुर नेपाली , लालकुमारी नेपाली, कृष्णबहादुर नेपाली , भीम बहादु नेपाली, बिष्णु बहादुर नेपाली, दल्ली नेपाली, बसन्त नेपाली र विन्दु परियारका गरी ८ घरपरिवारका ३६ जनालाइ विद्यालयमा बसोबासको ब्यबस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताए ।

घर पहिरोले लैजाने डर बढेपछि जोखम भएका घरका सपरिवारलाई विद्यालयमा सुरक्षित तबरले बस्न आएको छन् । आफ्ना महत्वपुर्ण कागजातहरु आफन्तकोमा राख्न लगाएर आबश्यक केही कपाडा तथा पोका पन्तुराहरु बोकेर विद्यालयमा सुरक्षित स्थानमा उनीहरु आएको चन्द्रप्रभा माध्यमिक विद्यालयका शिक्षक तिर्थराज आचार्यले जानकारी दिए । उनीहरुलाई विद्यालयमा सहज तबरले बस्ने वातावरण मिलाइएको छ । जस्कालागि प्रहरी तथा स्थानीयवासी लागिपरेको शिक्षक आचार्यको भनाई छ ।

२०६९ सालमा परेको अविरल बर्षाले जमिन भासिएपछि ४९ घर पहिरोको उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती सार्नु पर्ने तत्कालिन जिल्ला दैविक प्रकोप उद्धार समितिले प्रतिबेदन तयार पारेको थियो । पहिरो खस्ने क्रम नरोकिएपछि पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला दैवि प्रकोप उद्दार समितिले यहाँका सबै परिवारलाई अन्यत्र स्थानान्तर गर्न निर्देशन दिएको थियो । जिल्ला प्रशासनमा ०७० पुस २५ मा बसेको वैठकले जोखिमयुक्त क्षेत्रका नागरिकलाई वैकल्पिक ठाउँ पहिचान गरि सुरक्षित बसोवास गर्ने वातवरण सिर्जना गर्न भनको थियो ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण सितगंगा नगरपालिकामा २ वटा घर भत्किएका छन् । सितगंगा नगरपालिका वडा नम्वर ४ चाक्लामा दिपक सुनारको घर भत्कदा २ जना सामान्य घाइते भएका छन् । सितगंगा नगरपालिकाकै वडा नम्वर ११ मा एक घर भत्किएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । भुमिकास्थान नगरपालिकाको वडा नम्वर ९ मा एक गोठ भत्कदा एक भैसी र सन्धिखर्क ७ को किटेनीमा गोठ भत्कदा एक वटा भैसी गरी २ वटा भैसी मरेका छन् ।

सालझण्डी सन्धिखर्क सडक पनि अबरुद्ध भएको छ । पाणिनि गाउँपालिका वडा नम्वर ४ का विभिन्न स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध बनेको छ । अधिकांस ग्रामीण सडकहरु पनि अबरुद्ध भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *