भीमेश्वर मन्दिरमा सरकारी बाहेकका अन्य पुजा गर्न रोक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दोलखाको पवित्र धार्मिक स्थल भीमेश्वर मन्दिरमा बडा दशै भर सरकारी बाहेकका अन्य पुजा गर्न रोक लगाएकोछ । ६ महिना अघि देखी नित्य पुजा बाहेक दर्शन गर्न समेत बन्द गरिएको भिमेश्वर मन्दिरमा दशैं अवधि भर गुठियारहरुले गर्ने सरकारी पुजा बाहेक अन्य पुजा रोक्ने निर्णय भएको हो ।

तत्काललाई गुठि संचालनको अनुमति भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितीले पाएको छ । कोरोना भाईरसका कारण आक्रान्त बनेको मुलुको अबस्थालाई हेरी सरकारले देशभरका सबै मठमन्दिर दशै अवधिभर खोल्ने निर्णय गरे पून बैठक बसी अर्को निर्णय गर्न पनि सक्ने पुजा ब्यबस्थापन समितीले जनाएकोछ ।

सरकारी पुजा देखी बाहेक सर्वसाधरणका लागी मुलकको परिस्थिति हेरेर मात्र मन्दिरको गुठीयारहरुले आगामी कदम चाल्नु पर्दछ । जिल्लाको शान्ती सुक्षाको जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी ,रणभिम गण चरिकोटका गणपति अरुण केसी नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेल , सशत्रप्रहरिबल चरिकोटका प्रहरी नायव उपरिक्षक बुद्धनारायण मर्हजन को रोहबरमा भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितीले दशैं भर सरकारी बाहेका अन्य पुजा गर्न रोक लगाउने निर्णय गरेको छ ।

हजारौको संख्यामा दशैमा बोका राँगा भालेको भोग दिई परापूर्व काल देखी पुजा चल्दै आएको भिमसेनको शिलामा यस पटक सरकारी पुजा देखी बाहेक सर्वसाधरणका लागी पुजा गर्न पाउने छैन । एक दुई महिना अघि देखी भिमेश्वरको नाम भाकल गरि दशैको फुलपाती अष्ट्मी र नवमीको दिनमा बोका राँगा भाले सर्वसाधरणले लिएर आई दुःख नपाउन भन्ने उदेश्यले समय छदै यो निर्णय गर्न बिवस भएको हौ ।

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। यसैले भिमेश्वर अद्भुत शक्ति रहेको देवालयका रुपमा चिनिन्छन् ।

शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्।

यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा९दोलखा भीमसेन चुडामणि० गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ।

देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो। यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन समेतको नाम लिने गरिन्छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *