भिडियोमा हेर्नुहोस् खुलामञ्चमा खाना खानेको लाइन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंमा निषेधाज्ञा छ । मानिसको चहलपहल पनि कम छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन प्रतिबन्ध नै लगाएको छ ।

यो अवस्थामा धेरैको रोजगारी गुमेको छ । दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेको जीवन अझै सकसपूर्ण बनेको छ ।यसरी समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले निरन्तर खाना खुवाउँदै आएको छ । सरकारले लकडाउन जारी गरेदेखि गत चैत १८ गतेबाट यी स्वयंसेवी संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन् ।अहिले यो समूहले काठमाडौंको खुलामञ्चमा निस्शुल्क खाना वितरण गर्दै आएको छ । खाना खान सयौंको संख्यामा मानिस भेला हुने गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *