भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाईन्सको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निजी क्षेत्रका सञ्चार उद्यमीहरुले मिडिया एलाइन्स नेपाल गठन गरेका छन् । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउने उद्देश्यले एलाइन्स गठन गरिएको हो । त्यस्तै सञ्चारउद्यममा देखापरेका साझा समस्याको समाधान एकजुट भएर गर्ने उद्देश्यले संस्था बनाइएको उनीहरुले बताएका छन् ।

एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठित एलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पव्लिकेसनका प्रालिका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन् ।

त्यस्तै, इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईलाई महासचिव, इम्प्रेसन पव्लिकेसन तथा मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत उज्वल शर्मालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । एलाइन्सको सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका डा। विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषी धमला, एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् ।

दुई सदस्यीय सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *