भालुको आक्रमण बाट एक जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमण बाट एक जना घाइते भएका छन्। घाइते हुने मकालु–२ का १४ बर्षिय दावा नुर्बु शेर्पा रहेको मकालु प्रहरीले सेदुवाले जनाएको छ।

सोमबार विहान १० बजे जंगलमा टिमुर टिप्न जाँदा जंगली भालुले आक्रमण गर्दा नुर्ब गम्भीर घाइते भएका छन्। शेर्पाको टाउको र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते शेर्पाको मकालु–५ को स्वास्थ्य चौकीमा उपचार भईरहेको बताइएको छ। घटना स्थल बाट उपचार गराउन ५ घण्टा बढीको पैदल हिड्नु पर्छ। यो क्षेत्र राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानियको भनाइ छ। निकुञ्जका जंगली भालुको आक्रमण बाट यसै बर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका स्थानियको भनाइ छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *