भारी हिमपातले रसुवागढी नाका तीनदिन देखी अवरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा, रसुवागढी नाकामा बिहीबारदेखि आयात–निर्यात अवरुद्ध बनेको छ । चीनको केरुङमा बिहीबारदेखि निरन्तर हिमपात भएकाले यातायात सन्चालन हुन नसक्दा आयात–निर्यात रोकिएको हो ।

सडकमा तीन फिटभन्दा बढी हिउँ जमेकाले नेपालबाट केरुङ पुगेका कन्टेनरहरुमा सामान ‘लोड’समेत हुन सकेको छैन ।

हिउँमा गाडी चिप्लिने भएका कारण रसुवागढी, ठोङ्सा, पाङसिङलगायतका स्थानमा चिनियाँ पक्षले सवारी सन्चालन गर्न दिएको छैन । नेपालबाट दैनिक १०० भन्दा बढी कन्टेनरहरु केरुङ सामान लिन जाने गरेका छन् । पानी पर्न छाडेकाले आइतबारदेखि नाका सुचारु गर्ने तयारी रहेको जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *