भारी हिमपातले कहा के प्रभावीत भए हर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा भारी हिमपात भएको छ । डोल्पाका उच्च मानवबस्तीमा सबै भन्दा बढी हिमपात भएको हो । बुधवार राती देखि परेको अबिरल वर्षाका कारण उत्तरी तिब्बत नाकासंग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व,छार्काताङसोङ्ग,शे फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा भारि मिहपात भएको छ ।ती बस्तीहरुमा ३ देखि ४ फुट सम्म हिउँ जमेको छ ।सदरमुकाम दुनैमा समेत हिउँ जम्न शुरु गरेको छ ।भारि हिमपात भएपछि डोल्पाको जनजीवन कस्टकर बनेको छ ।

यसैगरि मध्य डोल्पाका ठुलीभेरी नगरपालिकाको माझफाल,जुफाल,दुनैका तिप्ला थाला रह लगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ,रंग,पहाडा,लिकु चुँउ,दापु र तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरु समेत सेताम्य बनेका छन ।

हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन् ।डोल्पाका गाउँबस्ती र हिमसिखरहरु समेत मंसिरको अन्त्यमा परेको भारी हिमपातले बर्खो भित्र लुकेको बेहुली झै सिँगो डोल्पा हिउँको बर्खोमा लुकेको छ ।मावनबस्ती र डाडाँकाडाहरु हिँउले भरिभराउ भएपछि डोल्पा हिँउको सेतो घुम्टोमा बेहुलीझै सिँगारिएको हो ।

भारी हिमपातपछि डोल्पाका फलफुल किसानहरु र कार्तिको दोसो सतामा लगाइएको जौ गहु लगायत आलु सप्रने भएदेखि कृषकहरु उत्साहित भएका छन् ।
खेतबारीमा लगाइएको गहुँ,जौँ,उवा लगाएतका बालीनालिका लागि मंसिर ,पुस र माघमा परेको हिमपातले उत्पादनमा बृद्दि गर्ने भएकाले पनि हिमपात पछि डोल्पाका कृषकहरुधेरै उत्साहित हुने गर्छन ।हिमपातले उम्रिन बाँकी अन्नबालीहरु उम्रिने र उम्रिसकेको अन्नबालीहरु बढ्ने भएपछि जिल्ला भरका कृषकहरुमा खुशी छाएको त्रिपराकोटका कालुप्रसाद हमालले बताए ।हिमपातसँगै तल्लो र उपल्लो डोल्पाका भु–भागहिँउले ढाकेको छ भने तापक्रम माइनसमा झरेको छ ।
हिमपातले छिमेकी जिल्लाको सिमा नाका बन्द

डोल्पा र जुम्लाको सिमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ ।आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए ।
भारी हिमपातले सरकारी कामकाज प्रभावित

सदरमुकाम दुनैमा नै हिउँ जम्न थालेपछि अत्यधिक जाडोले सरकारी कार्यालयमा गरिने कामकाज समेत प्रभावित भएको छ ।भारि हिमपातले कर्मचारीहरु कार्यालयमै जान सक्ने अवस्था नभएपछि कामकाज प्रभावित भएको हो ।हिमपात पछि अत्यधिक जाडो भएको र कार्यालयमा बसेर काम गर्ने अवस्था पनि नभएको र बिभिन्न स्थानबाट आउनु पर्ने कर्मचारी हिमपातले बाटो अवरुद्द भएपछि आउन नसकेकाले कामकाज प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

खराव मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो
प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ । बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खरावी आएपछि धावनमार्गमै थन्किएको हो ।नेपालगन्जबाट यात्रु लिएर आएको जहाज नेपालगन्जको लागि उड्नै लाग्दा मौसममा खरावी आएपछि धावनमार्गमैमा थन्किएको समिट इर जुफालका स्टेशन इन्चार्ज पूर्णजङ्ग शाहीले नागरिकलाई बताए ।नाइनएन एएमपी कलसाइन भएको समिट एयरको जहाज जुफाल विमानस्थलमा थन्किएको हो ।डोल्पामा शुक्रवार विहानै देखि अविरल रुपमा बर्षा भइरहेको छ ।उत्तरी सिमानाकासंग जोडिएका उपल्लो डोल्पाका शे फोक्सुण्डो,डोल्पोबुद्द र छार्काताङ गाउँपालिका र जगदुल्ला गाउँपालिकामा भने बाग्लो हिमपात भएको छ ।दिनभर वर्षा र हिमपाले गर्दा डोल्पाको जनजीवन कस्टकर बनेको छ ।

हिमपातले बार्षिक परिक्षा स्थगित
हिमाली जिल्ला डोल्पामा हिमपातका कारण बार्षिक परीक्षा स्थगित भएको छ ।ठुलीभेरी नगरपालिका अन्तरगतका पाँच वटा विद्यालयमा संचालन भइरहेको बार्षिक परिक्षा स्थगित भएको हो ।नगरपालिका भित्र पर्ने लक्ष्मी मावि थरगाउँ,बिद्यामन्दिर मावि माझफाल,सरस्वती मावि दुनै,आर्दश मावि जुफाल र शुभकामना आधारभूत विद्यालय मा संचालन भइरहेको नेपाली बिषयको परीक्षा स्थगित भएको नगरपालिकाले जनाएको छ ।

बिहानै देखिको लगातार भइरहेको हिमपातले अत्यधिक बढेको चिसोको कारण विद्यार्थीहरु परीक्षामा सामेल हुनसक्ने अवस्था नभएपछि परीक्षा स्थगित भएको हो ।केहि विद्यालयहरुमा हिमपातले परीक्षा स्थगित गर्नु पर्ने अवस्था आएकाले अन्य बिद्यालयको परीक्षा पनि स्थगित गर्नु परेको ठुलीभेरीनगरपालिका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायाले नागरिकलाई बताए ।प्रश्नपत्र एउटै भएकाले पनि अन्य बिद्यालयमा परीक्षा संचालन गर्न समस्या हुने भएकाले मौसममा सुधार आएर हिउँपग्लेपछि आइतवार नेपाली विषयको परिक्षा हुने छ ।

भारी हिमपातले बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट बिद्यार्थीहरु विद्यालय पुग्ने अवस्था समेत नरहेको पनि शिक्षा शाख प्रमुख रोकायाले बताए ।हिमपातका कारण नगरपालिका भित्रका आधारभूत र माध्यमिक बिद्यालयका करिव दुई हजार बिद्यार्थीले नेपाली बिषयको परीक्षा दिन पाएनन् ।बिहिवार देखिमात्र ठुलीभेरी नगरपालिका क्षेत्र भित्र रहेका बिद्यालयहरुमा बार्षिक परिक्षा शुरु भएको थियो ।पुस र माघमा डोल्पामा भारी हिमपात हुने भएकाले बार्षिक परिक्षा मंसिरमै सम्पन्न गरेर दुई महिनाको लागि सम्पुर्ण बिद्यालय बन्द गर्ने गरिन्छ ।

हुम्लामा पनि भारी हिमपात
यसै गरि हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ ।हिमपातले जनजविन कस्टकर बनेको छ ।दुई दिन देखिको हिमपातका कारण जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा ठप्प भएको छ ।हिमपात भएसँगै जिल्लाको हवाई सेवा बन्द भएपछि जनजीवन प्रभावित भएको छ ।बिहिबार रातीबाट शुरु भएको हिमपातले जिल्लाको जनजिवन कष्टकर बन्नुका साथै हवाई सेवा ठप्प भएको हो ।सिमिकोट विमानस्थलमा दुई देखि तिन फुट सम्म हिउँ जमेको छ ।

हिमपातले अत्याधिक चिसो बढेको छ ।चिसोले जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालयदेखि निजी व्यवसाय गदै आएका होटल, पसल पनि प्रभावित नराम्ररी प्रभावित बनेका हुन ।लगातार दुई दिनदेखि परेको हिमपातले गाउँघर जाने बाटो घाटो समेत बन्द भई एक गाउँ देखि अर्को गाउँसम्म जाने बाटो समेत बन्द भएको स्थानीय गणेश रावलले बताए । मंसिर महिनामै हिमपात सुरु भएपछि विद्यालयको वार्षिक परिक्षा दिने बालबालिकाहरुलाई सकस भएको स्थानीय छक्क रोकायाले बताए ।

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिका अधिकाश बस्तीहरु सञ्चार बिहिन हुनुका साथै जिल्लामा पनि थप कष्टरर बनाएको शक्तिसिहं ऐडी बताउँछन ।लगातार हिमपात हुदाँ जिल्लाको जनजिवन कष्टकर मात्र नभई हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिल, चाला, यारी मुचु, केर्र्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाँउ, हेप्का, ताङगिन लगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोट बीचको सम्पर्क टुटेको स्थानीय अधिकारकर्मी नन्दसिंले नागरिकलाई बताए ।

हिमपातले मुगुको जनजीवन प्रभावित
मुगु जिल्लाको उच्च हिमालि क्षेत्रमा शुक्रबार बिहान ५ बजे देखि परेको हिमपात तथा सदरमुकामा लगतार परेको पानीले जिल्लाको जन जीवन प्रभावित भएको छ ।
शुक्रबार बिहान ५ बजे देखि उच्च हिमाली भेगका बस्तिमा परेको हिमपात र सदरमुकाम असापासको क्षेत्रमा परको पानीका कारण जिल्ला भरको जन जीवन प्रभावित भएको हो । हिमपातका कारण नेपालगंज,सुर्खेत देखि आउने सबैखाले सहडक यातायातका साधन बिच बाटोमै रोकिएका छन । गमगढीबाट अन्यत्र जाने यायातका साधन समेत रोकिएपछी यात्रुहरु गमगढीमै अलपत्र अबस्थामा रहेका छन ।

हिमपातका कारण नेपालगंजबाट उडान हुने रारा बिमान स्थालका सबै हवाई उडानहरु बन्द रहेको नागरिका उड्यन कार्यालयले बताएको छ । बिहान देखि लगतार परेको हिमपातले सबै भन्दा बढी जिल्लाको पुर्बि क्षेत्रमा पर्ने मुगुम कार्मारोङ जनजीवन प्रभावित भएको छ यहाँ दिउस ३ बजे सम्म तिन फिट हिउ जमिसकेको मुगुम कार्मारोङ गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष रावलले बताएका छन ।

बिहान देखि परेको हिमपातले सबै बिद्यालय बन्द छन । सरकारी कार्यालयमा सेवा लिनेको संख्या शुल्य रहेको देखिएको थियो । सदरमुकाम गमगढीका पसल, होटेलको चहलपहल समेत अन्य दिनहरु भन्दा कम देखिएको ब्यपारीहरुले बताएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *