भारत सरकारले प्रतिबन्धि लगायो चीनमा निर्मित टिकटक सहित ५९ एप्लिकेसन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छिमेकि राष्ट्र भारत र चीनबीच सिमा विवाद बडेसंगै भारतले चीनमा निर्मीत टिकटक एप्लिकेसनमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको हो।

सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको बताइएको छ।

प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब दिइरहेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *