भारत पठाउन राखिएको तीनलाख किलो अबैध केराउ बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

बीरगन्ज महानगरपालिकाको सिमावर्ती क्षेत्र इनर्वा स्थित एउटा गोदामबाट ३ लाख २५ हजार किलो केराउ बरामद भएको छ । भारत पठाउन दशगज्जा नजिकै अबैधरुपले गोदाम राखि त्यसमा केराउ भण्डारण गएको अवस्थामा प्रदेश २ प्रहरी कार्यालयले केराउ नियंत्रणमा लिएको हो । गोदामबाट ५० किलोको ६५ हजार बोरा बरामद भएको हो । ललितपुर निवासी बेदान्त जंग राणा संचालक रहेको बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिले बीरगन्ज महानगरको वडा नम्बर १६ इनर्वा बोर्डर नजिक केराउ भण्डारण गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

गोप्य सुचनाको अधारमा राति करिब १ बजे केराउ बोकेर सिमा तर्फ गइरहेको ट्रेक्टर पछ्याउदै जादा गोदाममा अबैध रुपले केराउ भण्डारण गरेको फेला परेको थियो । केराउ भण्डारण गरि राखेको ठाउबाट ना ६ त ८७१० नम्बरको टेक्टर तथा श्री प्रिज्म एग्रोका मैनेजर बीरगन्ज मुडली निवासी प्रभात श्रेष्ठलाई नियंत्रणमा लिइएको छ । गोदामलाई सलि गरि प्रहरीले नियंत्रणमा राखेको छ ।

एकमहिना अगाडी मात्र गोदाम भाडामा लिएर चार जना सुरक्षा गार्ड तथा उच्च सुरक्षा प्राविधीका बीचमा उक्त गोदाममा केराउ राख्ने र रातिमा भारत पठाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

तेश्रो मुलुकबाट डालर तिरेर नेपालमा आवश्यक्ता भन्दा अत्यधिक छोकडा, मरिच, केराउ आयात भएको छ । भारत पठाएर नाफा तथा भारुको बट्टा कमाउने दाउमा कतिपयको गोदाम मै केराउ, मरिच, छोकडा कुहिन थालेका छन , भने कतिपयले सिमा सिल रहेको अवस्थामा पनि तस्कर समुहबाट भारत तर्फ पठाउन सफल भइरहेका छन । पर्साको सिमानाकामा प्रहरी कै मिलोमतोमा तस्करी हुदै आएको गुनासो बढेपछि प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बिषेश निगरानी गर्दा ठुलो परिमाणको अबैध केराउ बरामद भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *