भारत तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारत तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलको भारतले दोस्रो हाफमा तीन गोल गरेको थियो । भारतको जितमा गुर्किरात सिंहले दुई गोल गरे ।

यस्तै अमन क्षेत्रीको नाममा एक गोल रह्यो । जितसँगै भारतले समूह ’बी’ बाट ४ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । श्रीलंका भने बाहिरिएको छ । यस समूहबाट बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *