भारतीय सरकार द्वारा २००० दरका भारु नोट छाप्न बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – भारतको रिजर्भ बैंक अफ इण्डिया ९आरबीआई० ले भारु- २००० दरको नोट छपाई पूर्ण रुपमा बन्द गरेको छ ।

भारु- २००० दरको नोटलाई लिएर बिभिन्न चर्चा–परिचर्चा भइरहेकै बेला आरबीआईले उक्त दरको नोट छपाइ पूर्ण रुपमा बन्द गरेको खुलासा गरेको हो।
यो वर्ष आरबीआईले एउटा पनि भारु- २००० दरको नोट छापेको छैन । यसअघि भाजपा सरकारले कालो धनमा लगाम लगाउन भन्दै सन् २०१६ मा नोट बन्दी लागु गर्दा आरबीआईले पुराना भारु। ५०० र भारु- १००० हजार दरका नोटको कारोबारमा पूर्ण रुपमा निषेध गरेको थियो । त्यसपछि ठूलो मुद्राका रुपमा भारु- २००० हजार दरका नोट बजारमा प्रचलनमा ल्याइएको थियो ।

हालैमा आरबीआईले चालु आर्थिक वर्षमा भारु- २००० दरको नोट नछापेको खुलाएको हो । भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आरबीआई ले आरआईटीलाई जबाब दिँदै भनेको छ कि आर्थिक वर्ष २०१६र १७ मा भारु- २००० दरका ३५४२-९९१ मिलियन नोट छपाइ भएको थियो । त्यस्तै आर्थिक वर्ष २०१७-१८ मा १११-५०७ मिलियन कम नोट छापिएको थियो ।
यसैगरी सन् २०१८/१९ मा आरबीआईले ४६/६९० मिलियन भारु- २००० दरका नोटमात्र छापेको थियो भने यो वर्ष एउटा पनि छपाई भएको छैन ।
आरबीआई र सरकार दुवैले कालोधनमा नियन्त्रण राख्नका लागि ठूलो दरको नोट विस्तारै–विस्तारै हटाएर साना दरका नोट प्रचलनमा ल्याउने सोचमा रहेको स्रोतहरु बताउँछन् । विज्ञहरु पनि ठूलो दरको नोट प्रचलनबाट हटाउँदा कालो धन लेनदेन गर्न मुस्किल हुनेमा विश्वस्त छन् ।

आरबीआईको तथ्यांकअनुसार भारु- २००० दरको नोटको सर्कुलेसन पनि कम गरिएको छ । मार्च २०१८ सकिँदासम्म गत आर्थिक वर्षमा भारु- २००० दरका ३३६३ मिलियन नोट सर्कुलेसनमा थियो । जुन कुल सर्कुलेसन भोलुमको ३/३ प्रतिशत हो । त्यस्तै भ्याल्यू टर्ममा यो ३७/३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०१९ मा यो घटेर ३२९१ मिलियनमा झर्यो । जुन कुल मनी सर्कुलेसनको ३ प्रतिशत भोलुम र ३१/२ प्रतिशत भ्याल्यू हो ।
हालै नेसनल इन्भेस्टिगेसन एजेन्सी ९एनआईए० ले दाबी गरेको थियो कि भारतमा ठ्याक्कै भारु २००० दरका नोटजस्तै देखिने नक्कली नोट फेला पर्न थालेको छ । नक्कली नोटको मुख्य स्रोत पाकिस्तान हो भनेर एनआईएले भनेको छ।
भारत सरकारले गत जुनमा भनेको थियो कि पछिल्लो तीन वर्षको अवधिमा भारु- ५० करोड रुपैयाँभन्दा बढी नक्कली नोट जफत गरिएको थियो । आरबीआईका अधिकारीहरुका अनुसार भारु-२००० दरको नोट धेरै सर्कुलेसनले सरकारको लक्ष्यमा नोक्सानी हुन सक्छ । ठूलो दरको नोट प्रयोग तस्करी र अन्य अवैध धन्दामा भइरहेको उसको दाबी थियो ।
केहि दिन अघि हालै दक्षिणी राज्य आन्ध्र प्रदेशको तमिलनाडु सीमानाक्षेत्रवाट करिब ६ करोड भारु- २००० दरका नगद नोट भारतीय प्रहरीले जफत गरेको थियो । एजेन्सी

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *