भारतीय शैनिक मारिएपछि सिमानामा तनाव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,ढाका – बंगलादेशी सीमा क्षेत्रमा माछा मार्ने क्रममा भारतीय अर्धसैनिक सुरक्षाकर्मी बंगलादेशी फौजको आक्रमणबाट मारिएका छन् ।

साथै अर्का एक गम्भीर घाइते छन् । बंगलादेशी सीमा सुरक्षाकर्मीले भने आत्मरक्षाको लागि ‘फायरिङ’ गरेको जनाएको छ । भारतीय सुरक्षाकर्मी बंगलादेशको नदी क्षेत्रमा अवैध रुपमा छिरेपछि बंगलादेशले तीन भारतीयलाई नियन्त्रणमा लिएको थियो ।

ती मध्ये दुई मछुवाहरु भागेका थिए । यस घटनापछि ६ जना भारतीय गार्ड डुंगा लिएर पदमा नदीमा बन्दी बनाइएका भारतीयलाई लिन पुगेका थिए । भारतीय पक्षका अनुसार एक भारतीय सीमा सुरक्षाकर्मी मारिए र एक गम्भीर घाइते भएका छन् ।

बंगलादेशी पक्षबाट विज्ञप्ति निकाल्दै पहिले भारतीय फौजबाट आक्रमण भएको र त्यसको प्रतिरक्षाको लागि गोली चलाएको बताइएको छ । भारतको पश्चिम बंगालसँग जोडिने बंगल सीमा क्षेत्रमा यसअघि पनि यस्ता घटना हुँदैआएका छन् ।

अवैध रुपमा आफ्नो भूभागमा छिर्ने बंगाली आप्रवासीप्रति भारत कडा देखिँदैआएको छ । पछिल्लो घटनापछि बंगलादेशले सीमा क्षेत्रमा आफ्नो फौजलाई उच्च शतर्कता सहित तैनाथ गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *