भारतीय राजदूतले बुझाए राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन् । क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए । २०१९ को डिसेम्बरमा नै पुरी आफ्नो कार्यकाल सम्पन्न गरी भारत फर्किसकेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *