भारतीय मिडियाले कपोलकल्पित सामाग्री प्रसारित गरेको भन्दै नेपाल पत्रकार महासंघको आपत्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल पत्रकार महासंघले नेपालको बारेमा भारतीय मिडियाले कपोलकल्पित सामाग्री प्रसारित गरेको भन्दै आपत्ति जनाएको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै महासंघले प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युज लगायतका मिडियाले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै आपत्ति जनाएको हो ।

जी न्यूजले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको महासंघको भनाइ छ ।जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कुटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *