भारतीय मिडियामा शीर्षक- कालापानीबारे प्रधानमन्त्री ओलीले देखाए रवाफ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे।

पछिल्लो समय जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउन भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ।

कालापानी विवादबारे प्रधानमन्त्री ओलीले आइतबार पहिलो पटक सार्वजनिक रूपमा बोलेका हुन्।

उनले भारतलाई सेना फिर्ता लैजान आग्रहमात्र गरेनन्। सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने पनि बताए।

‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन्। नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ ओलीले भने, ‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन। नेपालीलाई अरूको जमिन पनि चाहिँदैन।’

भारतीय अतिक्रमणविरूद्धको प्रधानमन्त्रीको उक्त भनाइले नेपाली सञ्चारमाध्यममा प्राथमकिता पाउने नै भयो।  आइतबार सबै अनलाइनमा प्रधानमन्त्रीको  भनाइ मुख्य समाचार थियो, सोमबारका सबैजसो दैनिक पत्रिकाले पहिलो पृष्ठमा उक्त समाचार छापेका छन्।

नेपालमा मात्र भारतीय सञ्चारमाध्यमले पनि प्रधानमन्त्री ओलीको भनाइलाई प्राथमिकताका दिएका छन्।

बिबिसी हिन्दी सेवाले ‘भारतसँगको कालापानी विवादबारे बोले नेपाली प्रधानमन्त्री – एक इन्च जमिन पनि मिल्ने छैन’ शीर्षकमा समाचार छापेको छ।
इन्डियन एक्प्रेसले ‘नक्सा विवाद: नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षक बनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *