भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोक्ने निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय सामाचार च्यानलहरुले नेपालको अर्नगल रिर्पोटबनाएर अफवाह फैलाएको सर्वत्र विरोध भइरहेको अवश्थामा विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर एमएसओ हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले दावी गरेकाछन्। यो समाचार तयार पार्दा सम्म डिसहोममा भारतीय च्यानल बन्द गरिएपनी अन्य केवलहरुले बन्दै गरेकाछैनन

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाईएकाहुन ।

यसैगरि नेपाल प्रेस काउन्सिलले अफवाह र भ्रमपूर्ण समाचार दिने अनलाइनलाई ठाडै बन्द गर्ने भएको छ। प्रेस काउन्सिलले बिहीबार सूचना विभागमा दर्ता भएको टिभिहिमालयनदैनिक डटकम बन्द गरेको छ।

‘यसअघि हामी दर्ता भएका अनलाइनको हकमा स्पष्टीकरण सोध्ने र अन्य कारबाही गर्ने गर्थ्यौँ। अब त्यसले काम गर्ने देखिएन। बन्द गर्नुको विकल्प रहेन। अफवाह फैलाउने अनलाइनलाई अब ठाडै बन्द गरिन्छ’, काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिएको देशसञ्चारले लेखेको छ ।

उनले अनलाइन सञ्चालन निर्देशिका २०७३ का आधारमा यो अनलाइन बन्द गरिएको बताए। अश्लील, अपुष्ट र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने व्यवस्था भएको उनले बताए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *