भारतीय गुप्तचर प्रमुख अजित डोभल सहितका व्यत्तिहरु काठमाडौंमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतीय गुप्तचर संस्था नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख तथा प्रधानमन्त्री मोदिका सुरक्षा सल्लाहकार अहिले गोप्य भ्रमणमा काठमाडौंमा छन् । उच्च स्रोतका अनुसार रअका प्रमुख सामन्तकुमार गोयल, इन्टेलिजेन्स ब्युरो आईबी का प्रमुख अरविन्दकुमार तथा अन्य उच्च गुप्तचर अधिकारीहरु काठमाडौं आएका छन् ।

उनीहरु काठमाडौंको सोल्टी होटलमा बसेकोमा अहिले द्धारिकाज् होटलमा सरेका छन् । त्यसैगरी गुप्तचर टोलीका सदस्यहरु भिभान्ता र मेरियट होटलमा पनि बसेका छन् । को कुन होटलमा बसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । स्रोतका अनुसार गुप्तचार टोली आएर बसेपछि सोल्टी होटल अन्य ग्राहकका लागि पूरै बन्द गरिएको थियो ।

गुप्तचरहरुको एउटा टोली आइतबार राति सडक मार्ग भएर स्वदेश फर्केको उच्च स्रोतको दावी छ ।

अजित डोभल सहितको टोली काकडभिट्टा नाकाबाट नेपाल आएको बुझिएको छ । भारतीय टोलीको उद्देश्य नेपालको स्थलगत निरीक्षण पनि गर्नु रहेको अ‌ांकलन गरिएको छ । चीनसँग चरम तनाव झेलिरहेको भारतको प्रमुख गुप्तचर निकायका प्रमुखहरु एकसाथ नेपाल आउनुलाई अनौठो मनिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार अजित डोभलको टोलीमा सिभिल इन्जिनियरहरु, भूगर्भविद्, हवाई इन्जिनियर लगायतका प्राविधिकहरु समेत आएका छन् । उनीहरुले केही विशेष उपकरणहरु पनि लिएर आएको बुझिएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार अजित डोभलले काठमाडौंमा सीमित नेता तथा सुरक्षा अधिकारीहरुसँग भेटघाट समेन गरेकाछन् । तर, रअ र आईबीका प्रमुखहरुले भने व्यापक रुपमै भेटघाट गरेका छन् ।

ककसलाई भेटे ?

स्रोतका अनुसार गुप्तचर प्रमुखहरु सहितको टोलीले काठमाडौंमा सघन भेटघाट गरिरहेको छ । उनीहरुले विशेषगरी नेकपाका नेताहरुसँग भेटेका छन् ।

गुप्तचर टोलीले नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा मिनेन्द्र रिजाल, देउवाकी धर्मपत्नी तथा पूर्व सांसद् आरजू देउवासँग पनि भारतीय गुप्तचर टोलीले भेटेको छ । त्यसैगरी डा बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्त ठाकुरसँग पनि भारतीय उच्च टोलीले भेटेको बुझिएको छ ।

स्रोत अनुसार भारतीय उच्च टोलीले सरकारमा रहेकाहरुसँग अहिलेसम्म भेटेका छैनन् तर भेट्ने योजना रहेको बुझिएको छ । सरकारको जानकारी बिना यो टोली नेपालमा नआएको आकलन पनी गरिएको छ । यद्यपी सुरक्षा निकायहरुले डोभलसहितको टोली नेपाल आएको औपचारिक रुपमा पुष्टि गर्न मानेको छैन । दुई दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिमण्डलका सदस्यहरुको अनौपचारिक भेलामा एक मन्त्रीले भारतीय उच्च टोली नेपाल आएको बारे कुरा उठाएका थिए ।

उच्च राजनीतिक स्रोत अनुसार भारचीय उच्च टोलीले नेपालको गोप्य भ्रमण र भेटघाट गरेको थाहा पाएपछि चिनियाँ राजदूत पनि अचानक सक्रिय भएकिछिन । चिनियाँ राजदूत होउ यान्छीले विभिन्न नेताहरुसँग भेटघाटलार्ई बाक्लो पारेकिछिन् । भारतको तर्फबाट अजित डोभल र चीनको तर्फबाट त्यहाँका विदेश मन्त्री वाङ यीले केही दिनमै वार्ता गर्ने समाचार भारतीय मिडियाहरुले दिइरहेको बेला डोभल भूमिगत रुपमा नेपाल आएकाहुन ।

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग तनाव भइरहेको लद्दाखको भ्रमण गरेकाथिए । सो भ्रमणमा उच्च भारतीय सुरक्षा अधिकारीहरु पनि सामेल थिए । तर, लद्दाख गएको टोलीमा अजित डोभल नदेखिनुलाई भारतीय मिडियाहरुले अनौठो रुपमा लिएका थिए ।सनराइज खबरबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *