भारतले भन्यो : नेपाल–भारत सम्बन्ध अझ मजबुद बनाउँछौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी पछिल्लो समय नेपाल भारतको सम्बन्धमा आएको तिक्ततालाई लीएर विभिन्न प्रकारका अडकलबाजी आईरहेको समयमा भारतले नेपाल संगको सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखेको छ ।

नेपालले राखेको वार्ताको प्रस्तावलाई बेवास्ता गर्दै आउको भारतले आन्तरिक दवावकाकारण पनी आफ्नो बोली फेरेको जानकारहरुको बुझाई रहेको छ । नियमीत पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल र भारतको सदि‍औंदेखि मैत्रिपुर्ण सम्बन्ध रहेको र सांस्कृतिक तथा सभ्यता युक्त सम्बन्धलाई अझ मजबुद बनाउँदै लाने बताएकाछन् ।

‘नेपाल र भारतको मैत्रिपुर्ण सम्बन्ध सदिऔंदेखि रहि आएको छ, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि कायम रहि आएको छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,’ हामी यस सम्बन्धलाई थप मजबुद बनाउनलाई प्रतिबद्ध छौ।‘ दुवै देशलेबीच व्यापार सुरु गर्नलाई धेरै मेहनत गरिरहेको उनले जनाएका थिए। भारतमा लकडाउनको समयमा पनि व्यापारिक गतिविधि भइरहेको उनले बताए।

वर्षाको समयमा नेपालबाट जाने नदीको बहावलाई रोक्न तटबन्ध निर्माण गर्ने कार्य भइरहेको उनले बताए। नेपाल र भारतको बिचमा नक्सा विवादलाई लिएर द्धिपक्षीय सम्बन्धमा टकराव आएको थियो। भारतीय विदेश मन्त्रालयले यस्तो भन्नु अगाडि नेपालका प्रधानमन्त्री केपी ओलीले भारतलाई लक्षित गरी टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो सत्ता ढाल्नको लागि दूतावास सक्रिय रहेको जनाएपछि यसको चर्चा भारतमा पनि भएको थियो तर विदेश मन्त्रालयले यस बारेमा बोल्न चाहेन भने वार्ताको कुनै कुरापनी गरेका छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *