भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि सिमामा तस्करी बड्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि भारतीय बजारबाट महोतरीको आधा दर्जन नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन ।

असोज १२ मा भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि तस्करहरुले भन्सार कर्मचारीकै मिलोमतोमा भन्सार छली मटिहानी नैनही, खयरा मरुवाही सम्सी बथनाहा खैरबन्नी र रघुनाथपुर नाकाबाट प्याज नेपालतर्फ तस्करी हुने क्रम बढेको हो ।

दैनिक १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भारतीय प्याज महोतरी बजारमा भित्रिने गरेको छ ।अहिले दैनिक सात सय क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको मधवापुर भिठामोर सुरसण्ड र कन्माबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन ।

यहाँबाट प्याज जनकपुर पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । महोतरीमा प्याजको मूल्य प्रतिकिलो ७२ रुपैयाँ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो १ सय रुपैयाँमा बिक्री गर्दैआएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *