भारतले नेपालमा हुने भुइँकटहरको आयातमा रोक लगायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल भारत सिमा विवाद र लकडाउनका कारण भारतले यो वर्ष नेपालमा भुइँकटहर नपठाउने भएको छ । यो वर्ष नेपाल र भारतबीच सीमा विवाद लिएर पश्चिम बंगाल राज्यका किसानले नेपाल भुइँकटहर निर्यात नगर्ने भएका हुन् ।

बंगालको उत्तरी क्षेत्रका भुइँकटहर किसानले उक्त निर्णय गरेको बीबीसी हिन्दीले जनाएको छ । उक्त क्षेत्रमा बंगालमा उत्पादन हुने भुइँकटहरमध्ये ८० प्रतिशत उत्पादन हुन्छ ।

कोरोनाभाइरसपछि लागू भएको लकडाउनले यसै पनि भुइँकटहर सस्तिएको छ भने किसानहरुले ठूलो नोक्सानी व्यहोरे पनि भारतीय व्यापारीहरुले भने आधा मूल्यमा झरे पनि बरु सड्न दिने तर नेपाल नपठाउने निर्णय गरेको बताइएको छ ।

दुई देशबीच बढ्दो विवादपछि नेपालसँग जोडिएका सीमावर्ती भारतीय इलाकामा रहने नेपालीलाई नै अप्ठ्यारोमा पारिदिएको छ । नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडक निर्माण तथा उद्घाटन गरेको, राजनीतिक नक्सा जारी गर्दा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भनेको भन्दै नेपालले ती क्षेत्र समेत समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

बंगालको पाइनापल मर्चेन्ट्स एसोसिएसनको तथ्यांकअनुसार २० हजार हेक्टरमा भुइँकटहर खेती हुन्छ । वर्षेनी करिब साढे ६ अर्बको यसकै कारोबार हुने गर्छ ।

एक किसानले भने, ‘नेपाल आफैंले यस्तो चाल चलाउन सक्दैनथ्यो । चीनले यसलाई पछाडिबाट भड्काइरहेको छ ।’

नेपालसँगको बढ्दो विवादले सिलिगुडी र वरपरका नेपालीहरू दुविधामा परेका छन् ।

स्थानीय शिक्षक मोहन थापा भन्छन्, ‘दुई देशबीच शताब्दीयौंदेखि रोटी–बेटी सम्बन्ध रहेको छ। यो विवाद छिट्टै समाप्त हुनुपर्दछ । धेरै मानिसहरूलाई चिन्ता छ कि उनीहरूले विवाद बढेको अवस्थामा स्थानीय जनताको असन्तुष्टिको सामना गर्नुपर्दैन ।’आयात निर्यात अबरुद्ध हुदा दुबैदेशमा प्रभाव परेकाले वाताको माध्यमबाट समाधान खोजीनुपर्ने व्यापारीहरुले समेत बताएकाछन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *