भारतले नेपालको ६० हजार ६ सय २७ हेक्टर मिचेको भूमि फिर्ता गर्ला त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतले नेपालको ६० हजार ६ सय २७ हेक्टर भूमि मिचेकाे छ ।

सुदूरपश्चिमको कञ्चनपुरस्थित दक्षिणी क्षेत्रमा नेपाल भारतबीच सीमा विवाद बेलाबेला चर्चामा रहन्छ । विवाद देखिएसँगै नेपाल तर्फबाट सर्वे टोली पनि पुग्छ, तर समस्याको स्थायी समाधान नगरी फर्किदा विवाद जहाँको त्यही रहने गरेको छ ।

पछिल्लो समय लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाल–भारत सीमा विवाद चर्चामा छ । तर भारतसँग जोडिएका २६ जिल्लामध्ये २३ जिल्लामा सीमा समस्या छ । दार्चुलादेखि ताप्लेजुङसम्म भारतले नेपालको ६० हजार ६ सय २७ हेक्टर भूमि मिचेको तथ्यांक सार्वजनिक भएको छ । अहिले पनि नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ । त्यहीमध्ये कञ्चनपुरका दक्षिणी क्षेत्र बेलौरी, बेलडाँडी र पुनर्वास लगायतका क्षेत्रमा देखिएको सीमा विवाद एउटा हो । ती क्षेत्रमा विवाद भएपछि सरकारले आफ्नो भुमि छुट्टयाउन सर्वे टोलि पठायो तर त्यसले समाधान निकाल्न नसकेपछि स्थानीय चिन्तित भएका छन् ।

कतिपय निजी जग्गा पनि भारततर्फ परेको भन्दै बेलौरी बेलडाँडीको झिलमिला, बैवाह र पुनर्वासका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सरकारले भने अहिले सिमाकंनको काम भइरहेको र दुवै देशका प्राविधिक समितिले तोकेको स्थानमै सिमास्तम्भ रहने बताएको छ । निजी व्यक्तिको जग्गा हराएको भए त्यसको क्षतिपूर्तिका लागि पहल गरिने स्थानीय प्रशासनको भनाइ छ ।

नेपाल–भारतको सीमा अवस्थाबारे अध्ययन गर्न गठित संयुक्त सीमा कार्यदलको प्राविधिक टोलीले सन् २ हजार १९ भित्र प्रतिवेदन बुझाउने भनिएको छ । तर नेपाली अधिकारीले भने तोकिएको मितिसम्म त्यो सम्भव नभएको बताएका छन् ।
क्यामरामा विवेक नागरीका साथ शितल भट्ट बेलौरी कञ्चनपुर ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *