भारतले आफ्ना सबै सिमा नाका बन्द गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि आफ्ना सबै सीमा बन्द गर्ने निर्णय लिएको छ ।

मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरिसकेको छ । कुनैपनि विदेशी पर्यटक अब भारत प्रवेश गर्न पाउने छैनन् ।

कोरोनाको संक्रमण बडेपछि मानिसको यात्रामा कडाई गरिने भएको हो। कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको बझिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने जनाएको छ । उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो ।

संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै रहेकाछन छन् । नेपालको नजीकको छिमेकि राष्ट्र भारतमा ६० जनामा कोरोना संक्रण पस्चात उसको यस्तो निर्णय सार्वजनीक भैरहदा नेपाल सरकारको आधिकारीक धारणा भने सार्वजनीक भएको छैन । नेपाल सरकारले पनी आफ्ना सबै सिमामा हेल्थ डेक्स राख्ने निर्णय गरेपनी त्यो त्यती प्रभावकारी देखीएको छैन ।

जानकारहरुका अनुसार कोरोनाको संक्रमण देखीनुपूर्व नै कडाईकासाथ सावधानी अपनाए केहि हदसम्म यस्लाई रोक्न सकिएपनी संक्रमण देखीएको खण्डमा नेपालले यो महामारीबाट ठूलै क्षतीको सामाना गर्नुपर्ने देखीएको बताउदै आएका छन । यदि यो महामारीको संक्रमण नेपालमा देखीएको खण्डमा विदेशीले सहयोग गरिदेलान भन्दा आफै तयारी अवस्थामा रहन समेत सुझाव दिएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *