भारतमा महिला डाक्टरका बलत्कारीलाई गोली हानीयो,नेपालमा भने डाक्टरले नै गरे बलत्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा चार युवाहरुले महिला डाक्टरको बलत्कार गरि जिउदै जलाएको र प्रहरीले बलत्कारीहरुलाई घटनास्थलमा लगी गोली ठोकेको खबर संसार भर चर्चा भैरहेको समयमा नेपालमा भने डाक्टरले नै बलत्कार गरेको घटना बाहिर आएको छ ।

बलात्कार गरेको आरोपमा रौतहटमा एक डाक्टरलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।
डा. सिंहले एक महिलालाई चरम यातना दिएर बलात्कार गरेको आरोपमा लागेको छ । गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर आफु सँग लगेको महिलाले बताएकी छिन । सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर डा. सिंहले महिलालाई बलात्कार गरेका थिए । चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिंहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार महिलाले बताएकी छिन ।
पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ । महिलाको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि नविन कार्कीले बताएका छन । पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।गौरमा दन्त चिकित्सकको क्लीनीक समेत संचालन गरेका सिंह सरुअठा हेल्थपोष्टमा अहेव पदमा कार्यरत छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *