भारतमा नेपाली युवकको गोली हानी हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरीको वोदेवरसाइन नगरपालिकाका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या गरिएको छ।भारतको विहार स्थित झन्झारपुर गएर फर्कने क्रममा मंगलबार साँझ बोदे बरसाईन नगरपालिका ५ जाँजरका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो।

स्थानीय सत्येन्द्र यादवको ग्यारेजमा कार्यरत डम्बर ग्यारेजकै कामले झन्झारपुर गएका थिए। घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र वोदेवरसाइन ८ का अनिल यादव सँगै रहेको जनाइएको छ।

सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले नेशनल हाइवेमै गोली हानेको सुरेन्द्र र अनिलले परिवारलाई जानकारी दिएको स्थानीय लोकेन्द्र यादवले बताए।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको उनीहरुले बताएका छन्। डम्बरको घटनास्थलमै मृत्यु भएको थियो।

उनको शव बुधवार परिवारको जिम्मा लगाइएको छ। सुरेन्द्र र अनिल भने सकुशल रहे छन्।

इलाका प्रहरी कार्यालय वरसाइनका सई चन्द्रबहादुर केरुङ्ले घटनाको बारेमा जानकारी पाए पनि विस्तृत जानकारी नआएको बताएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *