भारतमा तीन नेपालीको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

११ कात्तिक, काठमाडौं ।

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको सामुहिक रुपमा हत्या भएको छ । बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको स्थानीयले जानकारी दिएका छन् ।

मारिएका मध्ये हरे र बीरा सहदोर दाजुभाइ हुन्। उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्ष यतादेखि मजदुरी गर्दै आइरहेको परिवारले जनाएको छ । हरे बोहराकी श्रीमती किर्रा बोहरा फरार रहेकीले घटनामा उनको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।उनीहरुको कात्तिक ८ गते शुक्रबार हत्या भए पनि हिजो मात्रै खवर आएको आफन्तले जनाएका छन् ।

मृतकहरुको शव भारतकै पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र आजै आफन्तहरु पिथौरागढ तर्फ गएको जनाइएको छ ।

बीरा केही महिनाअघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएको र उतै मजदुरी गर्दै आएका थिए । तीनै जनाको सामूहिक हत्याको अनुसन्धान सुरु भइसकेको भारतीय प्रहरीले जनाएको परिवारजनले बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *