भारतमा तनाव झन झन बड्दै, टेलिफोन र इन्टरनेट बन्द, हजारौँ पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ दिल्ली भारतमा नागरिकतासम्बन्धी ल्याइएको नयाँ कानुनको विरोध झनझन चर्किदै गएको छ। विहिबार भारतका विभिन्न शहरमा प्रदर्शन भइरहेका छन्।

बेंगोरमा पत्रकारलाई अन्तर्वार्ता दिइरहेका वेला इतिहासकार रामचन्द्र गुहा समेत पक्राउ परेका छन्। पक्राउ पर्नेक्रममा उनले महात्मा गान्धीको फोटो बोकेका थिए।

दिल्लीमा भएको प्रदर्शनमा कांग्रेस नेता सन्दीप दीक्षित पनी पक्राउ परेका छन्। उनीसँगै कयौं नेता कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ।

त्यस्तै, दिल्लीमा भएको प्रदर्शनबाट स्वराज अभियानका नेता योगेन्द्र यादव पक्राउ परेका छन्। नागरिक कानुनको विरोधमा उभिएका कम्युनिष्ट नेताहरुलाई पनि पक्राउ गरिएको छ। भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत कम्युनिष्ट नेता कार्यकर्तालाई दिल्लीको सब्जीमण्डीबाट पक्राउ गरिएको छ।

प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा टेलिफोन सेवा बन्द गरिएको छ। मोबाइल चलेका छैनन, भने इन्टरनेट पनि बन्द गरिएको भारतीय मिडियाले जनाएका छन्।

प्रदर्शनका कारण दिल्लीका आठ वटा मेट्रो स्टेसन बन्द गरिएका छन्। यातायात पनि प्रभावीत भएको छ।

यसैगरी, नागरिक कानुनको विरोध गर्दै विहार बन्द गरिएको छ। कम्युनिष्ट पार्टीका कार्यकर्ताले पटना दरभंगा, जहानावादलगायतका शहरमा रेलमार्गमै प्रदर्शन गरेका छन्। ८३ स्थानमा रेलमार्ग बन्द गरिएको जनाएको छ।

पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जी नै सडकमा उत्रिएकी छन्। उनले नागरिकतासम्बन्धी कानुनको विरोधमा र्‍याली आयोजना गरेकी छन्। जहाँ हजारौं सर्वसाधारण सहभागी भएको जनाएको छ। पश्चिम बंगालमा कम्युनिष्ट पार्टी नेता कार्यकर्ता पनि सडकमा ओर्लिएका छन्।

त्यस्तै, महाराष्ट्रमा पनि विरोध प्रदर्शन भइरहेको छ। जहाँ बलिउड अभिनेत्री स्वरा भाष्कर, अभिनेता फहरान अख्तरलगायतले सहभागीता जनाएका छन्।

उत्तरप्रदेश, तेलंगा, कर्नाटका, असाम, मेघालयलगायतका थुप्रै राज्यमा प्रदर्शन भइरहेको छ। केही राज्यमा सरकारले इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ। त्यसैगरि भारतीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति देख्न नचाहने केही तत्वले भारत प्रवेश गर्न नेपाल र भुटानको सीमा नाका प्रयोग गरिरहेको आरोप पनी लगाएका छन ।भारतीय गृहमन्त्री शाहले सशस्त्र सीमा बलको ५६औं स्थापना दिवसका अवसरमा बिहीबार नयाँदिल्ली आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त आरोप हुन्। उनले नेपाल र भुटानसँग भारतको सौहार्दपूर्ण सम्बन्ध रहेकोसमेत बताए।

भारतमा शान्ति देख्न नचाहने केही तत्वहरुले यी दुई देशसँगको सिमाना प्रयोग गरी भारत प्रवेश गर्न खोजिरहेका छन्, भारतीय गृहमन्त्री शाहले भने।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *