भारतमा कोरोना संक्रमण भयावह , नेपालमा खासै सर्तकता छैन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ५ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या भारतमा एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै धेरै हो । भारतमा नयाँ संक्रमित भेटिने क्रम पनि दिनदिनै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या पनि भारतमा एकै दिन संक्रमित भेटिएको अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार नाघेको छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण १ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *