भारतमा एकै दिन ५० हजार बढी कोरोना संक्रमित थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा एकैदिन पचास हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । हिजो एकैदिन भारतमा ५० हजार ५ सय २५ कोरोना संक्रमित थपिएका हुन । यो भारतमा एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठुलो संख्या हो ।हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ । मृत्यु हुनेको संख्या पनि ३२ हजार ८ सय १२ पुगेको छ । हिजो एकैदिन भारतमा ७ सय १६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा छ । विश्वभर एकै दिन दुई लाख १३ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । चार हजार ८२ जनाको मृत्यु भएको छ ।सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख २९ हजार ६ सय २४ पुगेको छ । त्यहाँ १ लाख ४६ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्यामा दोस्रो स्थानमा रहेको ब्राजिलमा २४ लाख १९ हजार ९१ संक्रमित र ८७ हजार ४ को मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख नाघेको छ । तिमध्ये ५७ लाख भन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना संक्रमणवाट हालसम्म ६ लाख ५१ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *