भारतबाट रोजगारी गुमेर फर्किएका परिवारलाइ नि:शुल्क माहुरीका घार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सितगंगा नगरपालिका वार्ड नं ५ जुकेनमाा कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्किएका २० घर परिवारलाई आधुनिक माहुरीका घार प्रदान गरिएको छ । जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौषमी प्रवासी कामदारहरु २० जनाको परिवारलाई पाँच वटा आधुनिक माहुरीका घारको दरले १ सय वटा आधुनिक माहुरीका घार बितरण गरेको सितगंगा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।

अति विपन्न परिवार र आम्दानीको श्रोतपनि केहि नभएकोले यि परिवारलाई ५/५ वटा आधुनिक माहुरीका घार अनुदानमा उपलव्ध गराएको जनचेतना सरोकार मञ्चका कार्यक्रम प्रमुख युवराज ज्ञवालीले बताउनु भयो । विपन्न एवं साना किसान लाई स्वरोजगारी वनाउन माहुरी पालन व्यवसायमा आवद्ध गराउन आधुनिक माहुरीका घार प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।

जिल्लामा भारतमै रोजगारी गरि फर्कने क्रममा भुमिकास्थान नगरपालिकाका एक जना र फर्किएर स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी २ जनाको मृत्यु भैसकेको छ । जिल्ला भर भारतबाट ५५ सय भन्दा बढी कोरोनाका कारण रोजगार गुमाएर आफ्नो घरमा फर्किएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *